वाम एकताले सरकार र देश दुवै चल्दैन : अध्यक्ष ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता आवश्यक नरहेको बताउनु भएको छ ।

सोमबार संसदीय दलको बैठकमा अध्यक्ष ओलीले वाम एकताको तर्क गर्नु औचित्यहिन भएको उल्लेख गर्नुभएको हो । वाम एकता गरेर देश र सरकार दुवै चल्न नसक्ने उहाँको भनाई छ ।

वाम दलबीच एकता गरेर पार्टी बलियो नहुने उहाँको धारणा थियो। माओवादी र एकीकृत समाजवादीतर्फ इंकित गर्दै ओलीले उनीहरुसँगको एकताले पार्टी बलियो नबन्ने बताउनु भएको हो ।

ओलीले एकता आवश्यक परेका बेला गरे पनि अहिले आवश्यक नभएको बताउनु भएको हो । ओलीको अभिव्यक्तिले एमाले माओवादी समाजवादीसहितका दलहरु पार्टी एकता नै गर्ने दीर्घकालीन सोचका साथ सत्ता गठबन्धनमा आबद्ध भएको भन्ने दाबीलाई खण्डित गरेको छ।