दिउँसो एक बजे एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने बैठकमा मुख्य तीन वटा विषयमा छलफल हुने छ ।

बैठकमा वैशाख ८ र ९ गतेका लागि बोलाइएको महाधिवेशन प्रतिनिधिको बैठकको तयारी विषयमा छलफल हुने छ । गोदावरीमा बस्ने परिषद् बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी एमालेको छ ।

त्यस्तै आजको बैठकमा वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।