बैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने

काठमाण्डौ । सरकारले बैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सूचना निकाल्दै वैशाख ६ र ७ गते भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

सोही सययमा बालबालिकालाई छुट खोप पनि लगाउन उहाँले अनुरोध गर्नुभएको छ । खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै नियमित खोप बालबालिकालाई लगाउन डा.बुढाथोकीको सुझाव छ । नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयको आग्रह छ ।