सिएसआइटी गोलफेस्ट २०२४मा मदन भण्डारी मेमोरियल कलेजका छात्राहरु विजयी
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत बिएस्सी सिएस आइटी सकांयाका छात्राहरुले विजयी हासिल गरेका छन् ।
चैत्र २५ देखि २८ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको फाइनल भने काठमाण्डौको प्राइम कलेजमा भएको थियो । ४ टिम सम्मिलित फुटसल गल्र्स प्रतियोगतामा मदन भण्डारी मेमोरियल कलेजका छात्राहरुले फाइनलमा पद्मकन्या मल्टिपल क्याम्पसका छात्राहरुलाई १- ० ले हराएका हुन् ।
विजेता टोलीले नगद पुरस्कार १५,००० सहित, ट्रफि, मेडल र सर्टिफिकेट प्राप्त गरेका छन् ।
आज (शुक्रबार) कलेजको प्राङ्गणमा आयोजित बधाइ कार्यक्रमकाबीच मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले विद्यार्थीहरुले विजयी हाँसिल गरेकोमा आगामी दिनहरुमा पनि कलेजको शान उच्च राख्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले विद्यार्थी, अभिभावक, शिक्षक वर्ग, कर्मचारीलगायत सम्पूर्णमा नयाँ वष २०८१ र्को शुभकामना दिनुभयो ।
त्यसैगरी, मदन भण्डारी मेमोरियल कलेजका स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी प्रमुख फुलबाबु झाले पनि प्रतियोगिता जितेकोमा विद्यार्थीहरुको प्रशंसा गर्नुभयो । साथै आगामी दिनमा पनि कलेज र आफ्नोतर्फबाट विद्यार्थीहरुलाई निरन्तर हौसला प्रदान गर्ने बताउनुभयो ।