प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ । सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरे पनि कुरा मिल्न नसकेपछि बैठक स्थगित भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै कांग्रेसले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, कुरा मिल्न नसकेपछि बैठक भोलि ११ बजेसम्मका लागिस्थगित गरिएको हो ।