राप्रपा प्रदर्शनमा दमन गरिएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नुभएको छ । आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उहाँले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गर्नुभएको थियो । प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताउनुभयो । उहाँले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गर्नुभयो । राप्रपाको जुलुस बानेश्वर पुगेर आमसभामा परिणत हुने भएको छ ।