क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
काठमाडौँ। नेपाल क्रिकेट संघ क्यानले आईसीसी टी–२० विश्वकपमा प्रयोग हुने राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।
क्यानले सोमबार साँझ नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको हो । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको जर्सी प्रयोग गर्ने छ।
टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।
नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो। विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छ।
नेपाल रहेको समूह ‘डी’मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्।