कांग्रेस नेता चन्द्र भण्डारीले घोषणा गरे पार्टी सभापतिको दावेदारी

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गर्नुभएको छ ।

आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताउनु भएको हो ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’ उहाँको भनाई छ ।