एमालेको राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आउँदो वैशाखमा बस्ने

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ ।

आउँदो वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ ।

बैठकमा महाधिवेशनमा दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकको तयारी गर्न आज केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको कार्यालयका सचिव डा. अधिकारीले जानकारी दिनुभयो ।

एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख छ । परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्दछ ।