एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक
काठमाण्डौ । नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ।
वैशाख ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले बताउनु भएको हो । उहाँका अनुसार बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्नेछ। बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन्।
बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिनेगर्दछ। परिषद्को बैठकको तयारीबारे छलफल गर्न आइतबारका लागि केन्द्रीय कार्यालयको बैठक पनि बोलाएको छ।