ग्लोबल आईएमई र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने सहमति
काठमाण्डौ । ग्लोबल आईएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने सहमति भएको छ ।
सहमतिपछि ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न यस समझदारीले थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभर ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।