मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढे

काठमाण्डौ । यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले बढेको हो ।

गएको वर्षको मार्चमा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या १२ हजार ९३ छ ।