नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को अन्तिम टी–२० खेल आज
काठमाण्डौ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि शृङ्खला गुमाइसकेको छ ।
शृङ्खलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधी जितिसकेको छ । आज नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ ।
टी–२० शृङ्खलापछि यी दुई टोलीले पर्सि बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।