रोल्पामा एक हजार विद्यार्थीले आफ्नै रैथाने मातृभाषा मगर खाममा परीक्षा दिए
रोल्पा । रोल्पा जिल्लाको सुनछहरी गाउँपालिकाका आदिवासी जनजाति मगर खाम भाषी समुदायका विद्यालयमा भर्ना भएका १ हजार बालबालिका विद्यार्थीहरूले यस वर्षको वार्षिक परीक्षा आफ्नै रैथाने मातृभाषामा परीक्षा दिएका छन् । रोल्पा जिल्लामा अन्य जातजाति समुदायको भन्दा मगर भाषीहरूको बाहुल्यता बढी रहेको छ ।
सुनछहरी गाउँपालिकाले स्थानीय पाठ्यक्रम कक्षा एक देखी कक्षा आठ सम्म तयार गरी कक्षा एकको पाठ्यपुस्तक गेमी सुनछहरी नामक किताब तयार गरी यस वर्ष ३३ वटा विद्यालयका कक्षा एकमा भर्ना भएका विद्यार्थीले आफ्नै मगर खाम भाषामा पठनपाठन गरी परीक्षा दिएका हुन् किताब बहुउपयोगी बनाइएको छ किनकि विद्यार्थीलाई पठनपाठन गर्न सजिलो होस भनेर नेपाली,अङ्ग्रेजी र मातृभाषा मगर खाम भाषमा लेखी तयार गरिएको छ ।
सुनछहरी गाउँपालिकाले आफ्नो रैथाने मातृ भाषा जोगाउन र पुस्तान्तरण गर्न कक्षा ८ सम्म आफ्नै मातृभाषामा विद्यार्थीलाई पठनपाठन गराउने योजना बनाएको छ भने गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८१र ०८२ देखी प्रशासनिक कामकाज नेपाली भाषा र मगर खाम भाषा बाट गर्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताउनुभयो ।