संसदीय समितिले गृहसचिव, आईजीपी र सिआईबी प्रमुखलाई समसामयिक विषयमा छलफल गर्न बोलायो

काठमाण्डौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीलाई छलफलका लागि बोलाएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आज (बुधबार)को बैठकमा उनीहरुलाई बोलाइएको जानकारी दिनुभयो। गृहसचिव अर्याल, आईजीपी कुँवर र एआईजी ज्ञवालीलाई समसामयिक विषयमा छलफल गर्न बोलाइएको समिति सभापति खतिवडाले जानकारी दिनुभयो।

समितिमा सूर्यदर्शन सहकारी ठगी गर्नेविरुद्ध उजुरी परेको छ। उक्त उजुरीमा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको नेपाली कांग्रेसले आरोप लगाएको छ।