काठमाण्डौ उपत्यकाका सम्पदाहरु पुनर्निर्माण छिटै सम्पन्न हुन्छ : शहरी विकासमन्त्री

काठमाण्डौ । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । शुक्रवार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्दै मन्त्री बुढाले त्यस्तो बताउनुभएको हो ।

मन्त्री बुढाले काठमाडौं उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराउनुभयो । उहाँले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पार्नुभयो । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याट बाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ ।