महरासँग आज पनि बयान लिइँदै, अनुसन्धान नसकिए फेरि म्याद थप्ने

काठमाण्डौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । गएको सोमबार पक्राउ गरिएका महरामाथि हिजो (बुधबार)देखि बयान लिन सुरु भएको र आज पनि बयान लिइने जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले जनाएको छ ।

काठमाण्डौ जिल्ला अदालतले महरालाई चार दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि महरालाई नर्भिक अस्पतालमा राखिएको छ ।

महरालाई सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज सकिने भएकाले बयान र अनुसन्धान नसकिए फेरि म्याद थप गर्ने तयारी छ ।