सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

आज (मङ्गलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भइरहेको स्पष्ट पार्नुभयो ।