कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्ने
काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।
महरालाई पक्राउपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।
पूर्वसभामुख महरालाई कपिलवस्तुबाट नियन्त्रणमा लिई काठमाण्डौ ल्याइएको थियो ।