स्वतन्त्र उम्मेदवार दीपक मनाङे भौतिक पूर्वाधारमन्त्री नियुक्त

काठमाण्डौ । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत माग्नुभएका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उहाँलाई भौतिक पुर्वाधारमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघि भौतिक पूर्वाधारमा माओवादी केन्द्रको रेशम जुग्जाली मन्त्री हुनुहुन्थयो । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राख्नुभएको थियो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाउनुभएको छ ।

स्वतन्त्ररुपमा उम्मेदवारी दिएर सांसद बनेका राजीव गुरुङले पछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । गुरुङले पुनः स्वतन्त्र सांसदको रुपमा उम्मेदवारी बनाउन आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिनुभएको थियो ।

आज दिउँसो साढे ३ बजेका लागि सपथको तयारी भइहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।