उच्च मनोबलका साथ काम गर्न महानगर प्रमुख शाहको निर्देशन

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको छ ।

आज (आइतबार) काठमाण्डौमा आयोजित छलफल कार्यक्रममा चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, विभिन्न समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा उहाँले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभयो ।

लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिनुभयो । बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारी सहभागी हुनुहुन्भयो ।