
मदन भण्डारी मेमोरियल कलेजमा ‘खेलकुद सप्ताह २०८०’ सफलतापूर्वक सम्पन्न
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले कलेजको वार्षिक कार्यक्रम अन्तर्गत ५ दिने ‘खेलकुद सप्ताह २०८०’ सफलतापूर्वक सम्पन्न गरेको छ । फागुन २७ गतेदेखि चैत १ गतेसम्म सञ्चालित उक्त सप्ताहका विभिन्न विधामा साइन्स, म्यानेजमेन्ट, बिए, बिबिएस्, बिबिएम्, बिसिए र बिएस्सी सीएस् आइटीमा अध्ययनरत विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
पठनपाठनबाहेक अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको क्याम्पस प्रमुख डाक्टर बाबुराम अधिकारीले बताउनुभयो । वार्षिक क्यालेन्डरअनुसार खेलकुद सप्ताह समयमै आयोजना गरिएको उहाँको भनाइ छ ।
त्यसैगरी, विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै कलेजले फुटबल र क्रिकेटका खेलहरु आउँदै गरेको नयाँ वर्ष २०८१ मा भव्यरुपमा आयोजना गर्ने निर्णय गरिएको अतिरिक्त क्रियाकलापका संयोजक मोहित गुँरागाईले बताउनुभयो । खेलकूद सप्ताहका सबै प्रतिस्पर्धी विद्यार्थीले उत्कृष्ट प्रर्दशन गरेको उहाँले बताउनुभयो ।
खेलकुद सप्ताह २०८०मा विभिन्न विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुः