राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादीका उम्मेदवार नारायण दाहाल निर्वाचित हुनु भएको छ ।

आज भएको राष्ट्रियसभाको अध्यक्ष निर्वाचनमा कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै दाहाल विजयी हुनुभ एको हो ।

दाहाललाई एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन छ ।

माओवादीको १८, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३ गरी दाहालले ३९ प्राप्त गर्नभयो । कांग्रेसका शर्मालाई कांग्रेसको १६ र लोसपाका एक गरी १७ मत प्राप्त गर्नभयो ।  जम्मा ५६ भोट खसेको थियो ।