नेकपा एमालेको जिल्ला अधिवेशन आजबाट सुरु

काठमाण्डौ । नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन आज २ बजेबाट सुरु हुने भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गोरखा नगरपालिका–८ को चाईनिजधारामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुने नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।

अधिवेशनमा उपस्थित हुनका लागि जिल्लाका ११ वटै पालिकाहरूबाट प्रतिनिधि सहभागी भइसकेको नेकपा एमाले गोरखाले जनाएको छ । अधिवेशनमा भाग लिन प्रत्येक वडाबाट २ जना पुरुष र १ जना महिला अनिवार्य गरिएको हो ।

त्यसैगरी समावेशी अन्तर्गत विभिन्न कलष्टरबाट प्रतिनिधि रहेको उपाध्यक्ष नेपालीको भनाइ छ । उत्पीडितका हकमा ४ जना, पार्टी सदस्य बराबर १ प्रतिनिधि, ३३ प्रतिशत महिला लगायत ४० वर्ष मुनिका अपाङगा, अल्पसङ्ख्या र युवा मजदुर सीमान्तकृत विद्यार्थी समेत गरी २३ वटा जनसङ्गठनहरूको प्रतिनिधि रहने भएको छ ।

यो अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्दै सहमति भए शनिबार सकिने नभए आइतबारसम्म लम्बिने नेकपा एमालेको जिल्ला उप सचिव विशाल थापाले बताउनुभयो । बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरुलाई तिब्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

नयाँ सत्ता समीकरण मुलुकको स्वाधिनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पु¥याउने हिसावले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पु¥याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।

त्यसैगरी एमालेले आगामी वैशाख १० गते नेकपा स्थापना दिवस भव्य रुपमा मनाउन विशेष समारोह आयोजना गर्ने निर्णय पनि गरेको छ । त्यसअघि वैशाख ८ र ९ गते पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक पनि बस्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो । एमालेको वार्षिक क्यालेण्डरमा नेकपा स्थापना दिवस विशेष समारोहकाबीच मनाउने तय गरिएको थियो । त्यसलाई सम्पन्न गर्ने विषयमा पनि विस्तृत छलफल गरिएको महासचिव पोखरेलले बताउनुभयो ।