रेशम चौधरीलाई पार्टीको अध्यक्षमा मान्यता दिन निर्वाचन आयोगले गर्यो अस्वीकार
काठमाडौं । निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन अस्वीकार गरेको छ ।
आयोगले चौधरीलाई अध्यक्ष चयन गर्ने अधिवेशन नै अवैधानिक ठहर गरेको हो । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको हो ।
टीकापुर घटनामा जन्मकैद सजाय पाई आममाफी पाउनुभएका चौधरीले आफू नेतृत्वको कमिटी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।
आयोगले आगामी दिनमा दलको विधान र प्रचलित कानून प्रतिकूल कार्य नगर्न नगराउनसमेत पार्टी केन्द्रीय समितिलाई सचेत गराएको छ ।