देउवाले बोलाए संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाउनुभएको छ ।
देउवाले भोलि बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाउनुभएको हो ।
बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।