उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलको पुन अवरोध

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो ।

सोही क्रममा गाजाका एक समुहले केही खाद्यान्न लुटेर लगेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाका जनता भोकमरीको शिकार भइरहेको जनाएको एकदिन पछि इजरायली सुरक्षा बलले खाद्यान्नसहितको लरीलाई फिर्ता पठाएको हो ।

ती लरीहरुबाट २ सय टन खाद्यान्न लुटिएको डब्ल्युएफपीले जनाएको छ । विगत १५ दिनको प्रयासपछि गाजाको चेकप्वाइन्टमा पुगेको डब्ल्युएफपीको प्रयास असफल भएको छ ।

यता गाजाका सर्वसाधारण खाद्यान्न सहायताको व्यग्र प्रतिक्षामा छन् । खाद्यान्न अभावका कारण बालबालिकाको बेहाल छ भने महिलाहरु भोकभोकै बसेर आफना बालबालिकालाई खानाको जोहो गरिरहेका छन् ।