फाइनलमा नेपालले दियाे नेदरल्यान्ड्सलाई १ सय ८५ रनकाे लक्ष्य

काठमाण्डाै।  त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाकाे फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायाे ।

नेपालका आसिफ शेखले ४७, गुल्सन झाले ३४, कुशल मल्लले २६, कप्तान राेहित पाैडेलले २५, कुशल भुर्तेलले २० रन बनाए ।

नेदरल्यान्ड्सका फ्रेड क्लासेन, टिम भान डेर गुग्टेन र माइकल लेभिटले समान २ विकेट लिए ।