पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महिला तथा बालबालिकाको लागि अस्पताल उद्घाटन

काठमाण्डौ । वीरेन्द्रनगर स्थित महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पताल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको छ।

No description available.

अन्तरराष्ट्रिय गैर सरकारी संस्था ब्याक टु लाईफको आर्थिक सहयोगमा वीरेन्द्रनगर स्थित साविकको कटकुवा स्वास्थ्यचौकी रहेको स्थानमा सञ्चालित नगर अस्पताल परिसरमा महिला तथा बालबालिकाको लागि ५ शैयाको सुविधा सम्पन्न अस्पताल भवन निर्माण भई आवश्यक सामग्री तथा उपकरण जडान गरिएको अस्पताल आज एक कार्यक्रमका बिच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको हो ।

No description available.

नगरपालिका प्रमुख मोहनमाया ढकालले ब्याक टु लाइफको आर्थिक सहयोगबाट निर्माण भएको अस्पताल भवन र प्राप्त उपकरणहरुले वीरेन्द्रनगर र कर्णाली प्रदेशमै मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

ब्याक टु लाइफका मेनेजर अनुप पौडेलले ५ करोड ७० लाख रुपैँया बराबरको ५ सैयाको भवन निर्माण सहित मातृ शिशु स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरणहरु र नवजात शिशुको सघन कक्ष संचालन गर्न आवश्यक सम्पूर्ण सामग्री समेत जडान गरिएको जानकारी दिनुभयो ।

No description available.

सन् २००९ देखि ब्याक टु लाइफले नेपालमा शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ। हाल कर्णाली प्रदेश र विकासका दृष्टिकोणले पछि परेका बागमती प्रदेशका केही जिल्लामा समेत स्वास्थ्य सहयोगका कार्य गर्दै आएको छ। सामुदायिक विकास र सहयोगको अलवा मुलुकले खेप्नु परेका अचानक आइलाग्ने प्राकृतिक एवम् स्वास्थ्य संकटको बेलामा संस्थाले कार्यक्रम र सहयोग गरिरहेको छ।

No description available.