एमाले केन्द्रीय सचिवालयको बैठक जारी

काठमाडौँ  । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो ।

एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएपनि पछिल्लो राजनीतिक घटनाक्रमले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गएराति भएको छलफलका विषयमा जानकारी गराउनु भएको बुभिएको छ ।