रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बन्न सफल
काठमाण्डौ । सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ ।
नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज अध्ययनका लागि अमेरिकाको वासिङ्टन डिसीमा रहेको नासा जानु भएको छ । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसक्नुभएको छ ।
विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै उहाँलाई स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा अध्ययन गर्ने अवसर मिलेको थियो । नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेसँगै रोजितालाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको छ ।
उहाँले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताउनुभएको छ ।