महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा चार घण्टा बत्ती जाने
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा यही फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जनाएको छ ।
आज (बुधबार)देखि फागुन २२ गतेसम्म केही स्थानमा बिहान १० देखि दिउँसो २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।
बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० देखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।
गोरखापत्र दैनिकमा जारी सूचनामा बिहीबार अर्थात् फागुन १७ गते सामाखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमा बत्ती जानेछ उल्लेख छ ।
त्यस्तै, फागुन १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ ।
शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दाहाल गौंडासम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ भने फागुन २० गते आइतबार एभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवीसम्मको क्षेत्रमा आपूर्ति प्रणाली बन्द हुनेछ ।
यसैगरी, फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि वसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।