त्रिदेशिय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने

काठमाण्डौ । त्रिदेशिय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर नेदरल्यान्ड्सलाई पहिला ब्याटिङ्गका लागि निम्तो दिएको हो।

आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ। जारी खेलमा नेपालले एक खेल गुमाइसकेको छ। मङ्गलवार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।

आगामी जुनमा अमेरिकामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको तयारी स्वरुप यो खेल भइरहेको छ।