भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षतिः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्व. भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताउनु भएको छ ।

सोमबार निधन भएका उनको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नु भएको उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले नेपाली सांगीतिक जगतका सुविख्यात नक्षत्रको क्षति भएको बताउनु भयो । उहाँले स्व. आचार्यले नेपाली भजनलाई नयाँ आयाम दन सफल व्यक्तिको रूपमा चिन्ने गरेको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भजन शिरोमणिको उपाधिबाट विभूषित आचार्य जनस्तरमा लोकप्रिय र नेपाली संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा र संगीत, गायनको क्षेत्रमा असाधारण योगदान पुर्‍याएको पनि बताउनु भयो ।