बारामा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा तीन जनाको मृत्यु

काठमाण्डौ । बारा निजगढको एक वर्कसप लेथमा भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ ।

हिजो (सोमबार) दिउँसो रेशम मगरको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा निजगढ नगरपालिका–५ का ४५ वर्षीय रेशम मगरको बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइते भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्साको विरगन्जका २० वर्षीय रितु रजतको पनि मृत्यु भएको प्रहरीले बताएको छ । अन्य ३ जना घाइते छन् ।

प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले कवाडी किन्ने भारतको मोतिहारीका ४० वर्षीय रमेश जैसवाल र निजगढका २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनास्थलमा शंकास्पद वस्तु पड्किएको उल्लेख गरेपनि के पड्किएको भन्नेबारे केही उल्लेख गरेको छैन ।