क्रिकेट खेलाडीको तलब अब एक लाख पुग्यो, ग्रेडिङमा पनि हेरफेर

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ ।

क्यानको शनिबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पु¥याएको छ भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।