राजेन्द्र महतोले त्यागे लोकतान्त्रिक समाजवादी पार्टी

काठमाण्डौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

आज (सोमबार) काठमाण्डौमा पत्रकार सम्मेलन गरी नेता महतोले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल परित्याग गरेको घोषणा गर्नुभएको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले कुनै एउटा पार्टी र राजनीतिक दलबाट राष्ट्रिय प्रतिक्रान्ति सम्भव नभएकाले लोसपा, जसपा, कांग्रेस, एमाले सबै पार्टीहरुमा समेत बहुल राष्ट्रिय मान्यताको अधिकारको पहिचानको मान्यता राख्नेहरु एकजुट हुनुपर्ने बताउनुभयो ।

नेता महतोले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताउनुभयो । उहाँले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले अभियान, संघर्ष र बिद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताउनुभयो ।