अर्थमन्त्रीद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत
काठमाण्डौ । अर्थमन्त्री डा.प्रकाशसरण महतले प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा आर्थिक वर्ष ०८१ ८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्नु भएको छ ।
प्रतिनिधिसभाको आजको पहिलो बैठक विपक्षी दलहरुले अवरुद्ध गरेपछि दोस्रो बैठकमा अर्थमन्त्री डा. महतले यो प्रस्ताव पेस गर्नु भएको हो ।