घरेलु मैदानमा नेदरल्यान्ड्ससँग नेपालको निराशाजनक हार

काठमाण्डौ । आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा आयोजित पहिलो त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ८ विकेटको हार बेहोरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले केवल एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

शृंखलामा नेपालले खेलेका चारमध्ये ३ खेल हारेको छ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसपछिका दुवै खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग हार बेहोरेको हो । विश्वकप लिग २ मा नेपालको ४ खेलबाट २ अंक छ भने नामिबियाको ४ खेलबाट ६ र नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक रहेको छ ।