
दलसम्बन्धी संशोधन विधेयक सदनमा पेश
काठमाडौं । प्रतिनिधिसभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेश गरिएको छ ।
आइतबारको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन् । मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सोपश्चात उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साविककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेश गर्नुपरेको प्रष्ट्याए ।