
बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा बुझाउन एमालेको माग
काठमाण्डौ । नेकपा एमालेले बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मा बुझाउन माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सचिव योगेश भट्टराईले बालकुमारी घटनाको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि लिनुपर्ने बताउनु भएको हो।
उहाँले भन्नु भयो, आयोगले बुझाएको प्रतिवेदनमा के छरु अहिले संसद चलिरहेको संसदमा आउनुपर्यो। यो कुरा प्रधानमन्त्रीले बताउनुपर्छ। उहाँले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको कारणले घटना भएको प्रतिवेदनमा उल्लेख भइसकेपछि पनि झण्डा हल्लाएर हिँड्न नमिल्ने बताउनु भयो ।
यस्तै, टेरामक्स प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र लुम्बिनीको जग्गा लिजमा दिएको प्रकरणमा पर्यटन मन्त्री सुदन किरातीको राजीनामा मागेको हो।
उहाँले भन्नुभयो, अख्तियारमा झण्डा हल्लाएर बयान दिन जाने पहिलो मन्त्री उहाँ नै होला। अख्तियारले बयान लिएको मन्त्री त्यो पदमा बहाल हुने कुरा हामीलाई किमार्थ स्वीकार्य छैन। यो नैतिक प्रश्न हो। यसको छानविन हुँदै जाला। छानविनलाई निष्पक्ष बनाउन मन्त्री पदमा बस्न नमिल्ने बताउनु भयो ।
उहाँले पर्यटन मन्त्रीको राजीनामा माग्दै भन्नु भयो, ‘गौतम बुद्धको एकमात्रै अस्तु भएको ठाउँ रामग्राम कुनै एउटा निजी कम्पनीलाई लिजमा दिने पर्यटन मन्त्रीको अध्यक्षतामा भएको छ। त्यसैले ९९ बर्षको लागि लिजमा दिने, त्यहाँ उसले व्यवसाय गर्ने। त्यसैले नैतिक जिम्मेवारी उहाँको हुनुपर्छ। लेखा समितिले स्थगित गर्न भनेको छ। तर, स्थगित गरेर मात्रै हुँदैन यसमा नियतहरु छन् कोको व्यक्तिको संलग्नता छ। कसका घरबेटी संलग्न छन् सबैले देखेका छन्।
उहाँले तीन मन्त्रीको बिषयमा प्रधानमन्त्रीले संसदमा जानकारी गराउन माग गर्नुभयो ।