नेपाल ‘ए’ माथि क्यानडा–११ को जित
काठमाण्डौ । नेपाल ‘ए’ सँगको तीन खेलको एक दिवसीय क्रिकेट शृङ्खला क्यानडा–११ ले जितेको छ ।
तेस्रो तथा निर्णायक अभ्यास खेलमा आज नेपाललाई ४ विकेटले हराएर २–१ ले क्यानडाले शृङखला जितेको हो। मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर पाँच बलमा ६ विकेट गुमाएर भेटायो । उसका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रन बनाए ।
बलिङतर्फ नेपालका शहाब आलमले ४ विकेट लिए । यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभरमा अलआउट हुँदै १ सय ८१ रन बनायो । नेपालका लागि आसुतोष घिरैयाले २८, अर्जुन कुमालले २७ र बशिर अहमदले २५ रन बनाए ।
क्यानडा ११ का लागि निकोलस किर्तन, डिलोन हेलिगर र हर्ष ठाकेरले २/२ विकेट लिए । पहिलो खेल क्यानडाले जितेको थियो भने दोस्रो खेलमा नेपाल विजयी भएको थियो । एकदिवसीय क्रिकेट खेल्न नेपाल आएको क्यानडाले नेपालसँगको शृङ्खला ३–० ले गुमाएको थियो ।