नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाण्डौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल नामिबियाँसग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको दोस्रो खेलमा १६९ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि २ विकेटले जित हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको पाएको नेपालले निर्धारित ओभर पनि खेल्न सकेन। ५० ओभरमध्ये ३७ शदमलव १ बल खेल्दै नेपालले सबै विकेट गुमाएर १६८ रन मात्रै बनाउन सक्यो।

नामिबियाले ८ विकेट गुमाएर ४० ओभरमा १७२ रन बनायाे।