विश्वकप क्रिकेट लिग–२ : नामिबियासँगको खेलमा नेपालले टस हार्यो, ब्याटिङ गर्दै

काठमाण्डाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको नेपालले टस हारेको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले पहिला फिल्डिङ रोजेको छ । अहिले सवा ९ बजेदेखि शुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।

नेपालले टोलीमा आज करण केसीलाई समेटेको छ । गुलशन झाको ठाउँमा केसी समेटिएका हुन् । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।

नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म  ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।