मनमोहन मेमोरियल यू–१६ क्रिकेट : मधेश प्रदेशलाई उपाधि
काठमाण्डौ । मधेश प्रदेशले मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज (सोमबार) पोखरामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै मधेशले प्रतियोगिताको उपाधि जितेको हो ।
सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले २० दशमलव २ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो । उपाधि सहित मधेश प्रदेशले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र हात पारेको छ ।