नेदरल्यान्ड्ससंग नमिबिया ७ विकेटको जित

काठमाण्डौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबियामाथि नेदरल्यान्ड्सले ७ विकेटको जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ३५.१ ओभरमा १२३ रनमै अलआउट भयो ।
नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक २६ रन जोडे । बलिङमा नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए। उनले ८ ओभरमा ३४ रन दिए । १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.२ ओभरमा पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि मिकेल लेभिटले ५७ रन जोड्दा म्याक्स ओ’डाउदले २८ रन बनाए । बास डी लीडले नटआउट २१ रनको योगदान गरे ।

सिरिजमा बुधबार नेपाल र नामिबियाबीच खेल हुनेछ । यसअघि पहिलो खेलमा नेपालमाथि नामिबियाले जित निकाल्दा दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो ।