अध्यक्ष ओलीद्वारा कैलालीमा प्रशासनिक भवन उद्घाटन

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ ।

एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि आजै काठमाण्डौदेखि कैलाली आउनुभएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गर्नुभएको हो ।

बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले केहीबेरमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।