नेपालको ‘ए’ टोली र क्यानडा–११ पहिलो अभ्यास खेल्दै
काठमाण्डाै। नेपालको ‘ए’ टोली र क्यानडा–११ बीचको पहिलो अभ्यास खेल आज हुँदैछ ।
खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।
नेपालको ‘ए’ टोली र क्यानडाबीच तीन खेलको एकदिवसीय अभ्यास खेल हुनेछ । नेपाल ‘ए’ को कप्तानी विनोद भण्डारीले गर्दैछन् ।
नेपाल ‘ए’ को प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र क्लाम अली रहेका छन् । दोस्रो खेल पर्सि मंगलवार र तेस्रो तथा अन्तिम खेल बिहीवार हुनेछ ।
क्यानडा यसअघि नेपालसँग भएको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप भएको थियो ।