‘समृद्ध नेपाल : सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा हो– ओली

काठमाण्डाै ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल : सुखी नेपाली’ नै नेपालमा समाजवाद स्थापना गर्ने विचारधारा रहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नै ‘समृद्ध नेपाल : सुखी नेपाली’ को अवधारणालाई अघि सारेको बताउनुभयो ।

‘समृद्ध नेपाल : सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्नका लागि हामी प्रतिबद्ध छौँ । समृद्ध नेपाल : सुखी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो’, उहाँले भन्नुभयाे ।

नेपालले गरिबीविरुद्धको लडाइँमा सफलता हासिल गरेर मात्रै समाजवादमा पुग्ने भएकाले आफ्नो पार्टीले नागरिकमा खुशी ल्याउने गरी देशको समृद्धिको बाटो तय गरेको अध्यक्ष ओलीले बताउनुभयो ।