नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने एक दिवसीयकाे तालिका सार्वजनिक
काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने खेल तालिका सार्वजनिक गरेको छ ।
क्यानडा-११ सँग नेपाल ‘ए’ ले तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ । तीन वटै खेल मूलपानी मैदानमा हुनेछन् ।
पर्सि आइतवार फागुन ६ गते, ८ गते र १० गते गरी तीन वटा एक दिवसीय क्रिकेट हुने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । यो एक दिवसीय खेलका लागि नेपालले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
क्यानडाको टोली अहिले काठमाण्डाैमा रहेको छ । नेपालसँग एक दिवसीय शृङ्खला खेलेको क्यानडाकाे टोलीले नै नेपाल ‘ए’ सँग मैत्रीपूर्ण शृङ्खला खेल्न लागेको हो ।